चार दिन देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय

Education Ministry
  • 33
    Shares
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौं लगायत विभिन्न सहरहरुमा वायु प्रदुषण बढेपपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलिदेखि ४ दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।  प्रदुषणका कारण बालबालिकाको स्वास्थ्यमा असर गर्ने भन्दै सरकारले केहिदिनका लागि भएपनि बिद्यालय बन्द गर्ने निर्णय गरेको हो।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मंगलबारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए। बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नु परेको जानकारी दिए।

बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डाक्टर सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डाक्टर हरि लम्साल, शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललगायतको उपस्थिति रहेको थियो।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए। लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुन सक्ने स्वास्थ्य प्रतिकूलताका कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए। शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ।

pic

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्