खुल्ला महिला दौड प्रतियोगितामा खिम कुमारी प्रथम

khimkumari
  • 19
    Shares
लोकपाटी न्यूज

भरतपुर। पश्चिम चितवनको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिकाली मन्दिरको प्रचारप्रसारको लागि आयोजित खुल्ला महिला दौड प्रतियोगितामा नवलपुरकी खिम कुमारी गुरुङ्ग प्रथम भएकी छन्। ‘पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारको लागि म’ भन्ने नाराका साथ तराई होलीको अवसरमा आयोजित दौड प्रतियोगिता भरतपुर महानगरपालिका वडा नम्बर ६ को दक्षिकाली मन्दिरदेखि भरतपुर १३ मा रहेको बाटुली पोखरीसम्म भएको थियो।

झण्डै २ किमिको दौड गुरुङ्गले ६ मिनेट ५६ सेकेन्डमा पूरा गरी प्रथम भएकी हुन्। चितवनकी रजिना श्रेष्ठले ६ मिनेट ५७ सेकेन्ड दौड पूरा गरी दोस्रो भइन्। मकवानपुरकी सपना गुरुङ्गले ६ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै तेस्रो हुँदा ७ मिनेटमा उक्त दुरी पुरा गरी लम्जुङ्गकी वाला गुरुङ्ग चौथो भइन्। ५० भन्दा बढि धावक सहभागी भएको उक्त दौड प्रतियोगितामा प्रथम हुनेले नगद चार हजार ४४४, द्वितीय हुनेले तीन हजार ३३३, तृतीय हुनेले दुई हजार २२२ र सान्त्वना हुनेले एक हजार १११ को साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको कार्यक्रम संयोजक रेशम तिमिल्सिनाले जानकारी दिए।

कोरोनाको कारणले ठप्प बनेको पर्यटकीय गतिविधि आन्तरिक पर्यटकमार्फत् चलायमान गराउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले दौड प्रतियोगिता गरिएको लियो क्लव अफ गीतानगरका अध्यक्ष संजिव ओझाले जानकारी दिए। बिगत १२ वर्षदेखि लियो क्लव अफ गीतानगरले खेलकुद क्षेत्रको विकाससँगै चार्डपर्वको बेलामा युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले लियो खुल्ला दौड प्रतियोगीता गर्दै आएको छ। यस अघि ११ औं संस्करणसम्म पुरुष खुल्ला दौड आयोजना गरेको क्लवले पहिलो पटक महिला दौड गरेको हो।

सामुदायीक वन अन्तर्गत पर्ने बाटुली पोखरीमा हात्ती सयर, डुंगा सयरको व्यवस्था पनि छ। दक्षिणकालि मन्दिर धार्मीक पर्यटकीय स्थल हो। लियो क्लव अफ गीतानगर र योङ्ग–नेपालको आयोजनामा सम्पन्न दौड कार्यक्रममा लायन्स क्लव अफ गीतानगर, वाटुली पोखरी मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूह र दक्षिणकालि मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहको सह-आयोजना रहेको थियो। कार्यक्रममा महिला खेलाडीलाई प्रोत्सानमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै कान्ति महत्तो र बाटुली पोखरी प्रचारको लागि महत्तपूर्ण योगदान गरेको भन्दै हरिदत्त मिश्रलाई सम्मान गरीएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्