त्रिदेशीय फुटबल कपकाे उपाधि नेपाललाई, बंगलादेश २-१ गोल अन्तरले पराजित

  • 17
    Shares
लोकपाटी न्यूज

काठमाण्डाै । नेपालले त्रिदेशीय फुटबल कपकाे उपाधि जितेकाे छ। त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई-एक ले हराएकाे हाे।

नेपालका लागि संजोक राईलले खेलको १७ मिनेट ५१ सेकेन्डमा गोल गरि नेपाललाई अग्रता दिलाएका थिए। यस्तै, खेलको ४१ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई दोस्रो सफलता दिलाएका थिए। संजोक राईलाई आजको खेलको म्यान अफ द म्याच घोषित गरिएको छ।

बंगलादेशका लागि दोस्रो हाफमा महोबबुर रहमानले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्