हकप्रद शेयर प्रस्ताव पारित गर्न अजोड इन्स्योरेन्सले डाक्याे साधारणसभा

लोकपाटी न्यूज

काठमाडाैँ। अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। इन्स्योरेन्सले बैशाख ७ गते, वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा तेस्रो वार्षिक साधारण सभा डाकेको हाे। इन्स्योरेन्सले बिहान ११ बजे सभा डाकेको हाे।

सभाले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर १ अनुपात हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत २४ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्