एनपी घायलको कविता ‘के था’ ?

nirmal N-P ghayal
  • 4
    Shares
लोकपाटी न्यूज

गुलामीको भर्‍याङ चड्न नसक्नेहरु
ज्यूँदा सहिद बन्दा रहेछन्
स्वाभिमानलाई छातीमा राखेर ज्यूँने
आवाज विहिनका बुलन्द आवाजहरु
पैतलामुनी राखिएका निधारका अक्षर
घटीया नजरमा बकम्फुस हुँदा रहेछन् ।

 

फेरि तिमी
त्यही उल्टो जुत्ताको तलुवा चाटेर
कुन स्वतन्त्रताको सन्जिवनी भेट्न
हनुमान बनिरहेछौ ?

ओ प्रियहरु
कागजका हात्तीको बाटोमा
प्रकृतीको यथार्थ धरातल

जिन्दगीमा सत्मार्गको स्पर्श कहाँ भेटीन्छ र ?

 

यो तिमी हिंड्दै गरेको कुन बाटो हो ?

अपांगता भएको लाई के था ?
म दृष्टीविहिन लाई के था ?
खै के भन्नू भो
म कान नसुन्ने बहिरो

म बोल्न नसक्ने

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्