फिल्म सुटिङका लागि उत्कृष्ट देशको सूचीमा नेपाल

लोकपाटी न्यूज

काठमाडौं। चलचित्र (फिल्म) छायांकनका लागि संसारकै आकर्षक गन्तव्य मुलुकको सूचिमा नेपाल परेको छ। हलिउड इन्साइडर म्यागजिनले सुटिङलाई योग्य साना मुलुकको सूची तयार पारेको हो।

जसमा नेपालसहित जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो, क्रोएसिया समावेश छन्। म्यागजिन सम्पादक डेभिड सिनसेजले हिमाल, राष्ट्रिय निकुञ्ज, पार्क, तालतलैया, वास्तुकला, मुस्ताङी ल्यान्डस्केप, पोखरेली विविधता नेपालका लागि आकर्षक गन्तव्य रहेको लेखेका छन्। हलिउड इन्साइडर म्यागेजिनले फिल्म सुटिङका लागि उत्कृष्ट ६ साना मुलुकको सूचि तयार पारेको छ। जसमा नेपाल दोस्रो नम्बरमा परेको छ।

फिल्म छायांकनका लागि संसारका उत्कृष्ट ६ साना मुलुकको सूचीमा नेपालसहित इस्टोनिया, जर्जिया, श्रीलंका, ट्रिनिडाड एन्ड टोबागो र क्रोएसिया समावेश छन्। हलिउड इन्साइडरका लागि डेभिड सिनसेजले तयार पारेका समाचार सामग्रीमा नेपाललाई सांस्कृतिक र भौगोलिक विविधतासहितको सुरम्य (अति रमणीय) देशको रुपमा प्रस्तुत गरिएको छ।

समाचारमा हिमाल, राष्ट्रिय निकुञ्ज, पार्क, तालतलैया, वास्तुकला, मुस्ताङी ल्यान्डस्केप, पोखरेली विविधता नेपालका लागि आकर्षक गन्तव्य रहेका लेखिएको छ। सांस्कृतिक र भौगोलिक विविधताको साथै नेपालीको आतिथ्य संस्कारको कारण फिल्म छायांकन अझै सजिलो हुने उल्लेख छ। नेपालले एलजीबीटीआइक्यूलाई समानता प्रदान गरेर मानव अधिकार र प्रगतिमा पाइला चालेको उल्लेख गर्दै म्यागजिनले स्वतन्त्रताका साथ फिल्म छायांकन गर्न सकिने पनि जनाएको छ।

‘नेपालमा छायांकन गर्नको लागि हामी सुझाव दिन्छौं’ म्यागजिनले लेखेको छ। चलचित्र विकास बोर्डका अनुसार अहिलेसम्म ३१ विदेशी फिल्म नेपालमा छायांकन भएका छन्। जसमध्ये हलिउडको डक्टर स्ट्रेन्ज र एभरेस्ट थ्रीडी ठूला फिल्म हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्