‘कृष्ण लीला’को रिलिज स्थगित

krishna_lila_
  • 28
    Shares
लोकपाटी न्यूज

काठमाडौं। फिल्म ‘कृष्ण लीला’को रिलिज मिति सरेको छ। २७ चैत्र प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको लगानी जोखिममा परेको भन्दै रिलिज स्थगित गरेको हो। फिल्मका प्रस्तुतकर्ता रोहित कट्टेलले हल व्यवसायीहरुको साथ नभएको कारण फिल्म सार्नु परेको बताए।

यो सँगै २७ चैत्रमा आउँने भनिएको तीन फिल्म नै सरेको छ। यो मितिमा आउँन भनिएको अन्य दई फिल्ममा ‘लप्पन छप्पन २’ र ‘मनसँग मन’ले केही अगाडि रिलिज मिति सारिसकेको छ। दीपक ओलीको निर्देशन रहेको फिल्म ‘कृष्ण लिला’मा पुष्प खड्का र श्रद्धा क्षेत्रीको मुख्य भूमिका छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्