काठमाडौं। रिलिज अगाडिनै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा आएको छ। नेपाली सेलो म्युजिक युट्युब च्यानलबाट उक्त गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो।
बिजय तामाङ र अनु लामाले लेखेको गीतलाई चर्चित गायक एंव संगीतकार विशाल काल्तानले संगितबद्ध, दिपेश प्रधानले मिक्सिङ गरेका हुन भने चाँद सिङले संगीत संयोजन गरेका हुन्। गीतमा उनै चर्चित गायक एंव संगीतकार विशाल काल्तन र गायिका सुमिना लो आवाज रहेको छ।
म्युजिक भिडियोमा निर्देशक एंव तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र नायिका सुस्मा मोक्तान,रमेश लामा, विना लोप्चन,कुइसाङ रुम्बा र पदम दोङको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
म्युजिक भिडियोलाई उनै निर्देशक एंव तामाङ चलचित्र जगतका महानायक अमिर दोङले निर्देशन, विष्णु गोले, भिषण दोङले कोरियोग्राफी, त्रिलोक लामाले छायांकन, सूर्य लामाले कलर गरेका हुन्।