गायिका मैया खड्काको ‘गर्छु नमस्कार’ सार्वजनिक

pic 1
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ। उक्त गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरेको हो।

वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आवाज रहेको छ। चर्चित एरेन्जर सुदिप सागरले संगीत संयोजन गरेको उक्त गीतलाई एचबिएन किस्मतले मिक्सिङ गरेका हुन्।

‘गीतमा हामीले सकेसम्म मेहनत गरेका छौं। दर्शकहरुको प्रतिकृया राम्रो आउँछ भन्ने विश्वास छ।’ गायिका खडकाले भनिन्। म्युजिक भिडियोको छायाङ्कन भने उत्सव दाहालले गरेका छन्। नविन निरौलाले सम्पादन र कलर गरेको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफ गरेका हुन्।

उक्त म्युजिक भिडियोमा हरिश निरौला “साङ्लो बोरो”,उशा उप्रेती,कमल मनि नेपाल,युग्ज्योती कृयाशिल, बिना राउत,प्रकाश बस्नेत लगायत चर्चित कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्