काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई भेट्न आज उनको डल्लुस्थित निवास जाँदै छिन्। मिर्गौलामा समस्या देखिएका खनालको स्वास्थ्यबारे बुझ्न राष्ट्रपति डल्लु जान लागेकी हुन्।
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा समस्या देखिएको छ। चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको उनीनिकट स्रोत बताउछ।
स्वास्थ्यमा परिक्षण आएपछि खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए। नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो।