भारतमा माओवादीसँग भएको मुठभेडमा पाँच प्रहरीको मृत्यु

  • 2.7K
    Shares
लोकपाटी न्यूज

एजेन्सी। भारतको छत्तीसगढमा बिद्रोही माओवादीसँग भएको मुठभेडमा पाँच प्रहरी जवानको मृत्यु भएको छ। मुठभेडमा कैयौं घाइते भएका छन्।

मुठभेडमा माओवादीहरू पनि मारिएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रहरीका अनुसार सुरक्षाबलको एक टीम विद्रोहीविरोधी अभियानमै रहेका बेला मुठभेड सुरु भएको हो।

अभियानमा केन्द्रीय रिर्जव पुलिस बलको कमाण्डो, बटालियन फर रिजोलुसन एक्सन युनिट, जिल्ला रिर्जव गार्ड र स्पेशल टास्क फोर्सको जवान पनि सहभागी थिए। माओवादी र सुरक्षाकर्मीबीचको मुठभेड तीन घण्टासम्म चलेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्