सत्ता छाड्न परे ओली महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार

oli-mahanta
  • 3.2K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सत्ता सुम्पनु पर्ने अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिन्छन्। प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–दाहालसँग टाँसिन तयार देखिन्न। तर जसपा एकढिक्का छैन।

राजनीति फेरि उही अल्पमत–बहुमतको गणितमा गिजोलिएको छ। यदि ओलीले विश्वास गुमाए र अर्को सरकारका लागि पनि नजुटे संसद् विघटन स्वतः हुनेछ। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र निर्वाचन मिति तोक्नेछिन्।

ओलीले पटकपटक निर्वाचन नै अन्तिम विकल्प हो भनेका छन्। अर्थात् प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेका थिइनँ भन्ने ओलीलाई देखाउनु छ। त्यो अग्रिम चुनावबाट मात्र सम्भव छ। र, यो वातावरण माओवादीले समर्थन झिकेपछि मात्र बन्छ। त्यही कारण त प्रचण्ड समर्थन झिक्न सकिरहेका छैनन्। ढाल्न चाहेको सरकारको टेको बनिरहेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्