विद्यालय निर्माणका लागी ईटा बाेक्दै पूर्वगृहमन्त्री जनार्दन शर्मा

लोकपाटी न्यूज

काठमाडाैँ। पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ रुकुम पश्चिममा श्रमदानबाट निर्माण भइरहेको जनविकास माध्यामिक विद्यालयमा श्रमदान गर्न पुगेका छन्। आफ्नो निर्वाचन क्षेत्र समेत रहेको रुकुम पश्चिममा ‘बनाऊ आफ्नो गाउँ, समानता ल्याऔं, गरिबी हटाऔं’, नारासहित प्रत्येक दिन २०० जना श्रमकर्ता सहभागी भएर चारवटा भवन (१६ कोठा)निर्माण भैरहेको छ।

आठबीसकोट नगरपालिका वडा नम्बर १० घारिखोला पुगेर श्रमकार्यमा सहभागी भएको माओवादी केन्द्रका नेता समेत रहेका शर्माले जानकारी दिए। उक्त भवन निर्माणका लागि देश तथा विदेशमा बस्ने नेपालीहरुले ४९ लाख रुपैयाँ सहयोग गरेका छन्। उक्त भवन निर्माण गर्न १ करोड ६२ लाख लागत लाग्ने भएकाले बाँकी रकम नगरपालिका र जनश्रमदानबाट जम्मा गर्ने तयारी छ।

रुकुम पश्चिममा कोभिड महामारीका समयमा पनि शर्माको अगुवाईमा १० दिनमा आइसोलेशन भवन बनाइएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्