काेराेना संक्रमितको संख्यामा ह्वात्तै बृद्धि, एकैदिन ४ जनाकाे मृत्यु

corona doctor
  • 18
    Shares
लोकपाटी न्यूज

पछिल्लो २४ घण्टामा नेपालमा नयाँ कोरोनाभाइरस संक्रमितको संख्यामा ह्वात्तै बृद्धि भएको छ। यसअघि हरेक दिन २ सयभन्दा संक्रमित फेला परिरहेको बेला सोमबार एकै दिन २६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हाे। यसमध्ये सबैभन्दा बढी काठमाडौँमा ९८, चितवनमा ३७, लतिलपुरमा २६ र भक्तपुरमा १३ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ४ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो। योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। यही अवधिमा १०२ जना निको भएर डिस्चार्ज भएका छन्। नेपालमा निको हुने दर ९८.३ प्रतिशत रहेको छ। हालसम्म नेपालमा २ लाख ७३ हजार ३ सय ४२ जना निको भएका छन्। हाल नेपालमा १६७२ जना आइसोलेसनमा र ५७ जना क्वारेन्टिनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३०३६ पुगेको छ । नेपालमा हालसम्म १७ लाख ९१ हजार ६०६ जना कोभिड-१९ विरुद्धको खोप लगाएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्