जेठ-असारमा कोरोनाभाइरसकाे संक्रमण उच्च विन्दुमा पुग्ने सरकारकाे प्रक्षेपण

Hridesh Tripathi-1
  • 6
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारले आउँदो जेठ-असारमा कोरोनाभाइरस संक्रमण उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ। भारतमा कोरोनाभाइरस संक्रमण तिव्ररुपमा फैलिरहेका बेला नेपाल सरकारले उक्त प्रक्षेपण गरेको हो। सोमबार बसेको प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आउँदो जेठ-असारमा कोरोनाभाइरसको संक्रमण उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको जानकारी दिएका हुन् । यद्यपि अहिले मुलुकको अवस्था आत्तिनु पर्ने नरहेको पनि उनले स्पष्ट गरे।

पछिल्ला दिनहरुमा संक्रमण बढ्न थाले पनि आत्तिनु पर्ने अवस्था नरहेको र केही समयपछि बढ्न सक्ने भन्दै मन्त्री त्रिपाठीले भने, ‘जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी नबनाए संक्रमण बढ्दै जेठ असारमा उच्च विन्दुमा पुग्नसक्छ।’ लकडाउन गर्न नपरोस् भन्नका लागि सबैजना सचेत भएर जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिँदै मन्त्री त्रिपाठीले असारसम्म ६० लाख जनतालाई खोप दिने सरकारको लक्ष्य रहेको जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्