अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङबारे छानबिन गर्न धितोपत्र बोर्डले बनायाे उप समिति

लोकपाटी न्यूज

काठमाडाैँ। नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङको छानबिन गर्न उप समिति गठन गरेको छ। कम्पनीकाे हकप्रद शेयर निष्काशन गर्ने सूचना चुहिएको भन्दै छानविन गर्न माग भएपछि बोर्डले उप समिति गठन गरेको हो।

अजोड इन्स्योरेन्सले चैत १९ गते चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने सूचना प्रकाशित गरेको थियो। तर सूचना प्रकाशन गर्नु अघि नै अर्थात चैत १६ गते कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको थियो।

हकप्रद निष्काशनको सूचना आउनुभन्दा अघि नै कम्पनीकाे शेयर मूल्य १० प्रतिशतले बढेपछि इन्साइडर ट्रेडिङ भएको भन्दै छानविन गर्न बोर्डमा आवेदन परेको थियो। त्यस अनुसार बोर्डका निर्देशकको संयोजकत्वमा एक उप समिति गठन गरी जाँचबुझ कार्य अगाडी बढाइसकेको बोर्डले जनाएको छ । त्यस सम्बन्धमा कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारवाही अगाडी बढाउने बोर्डले जनाकारी दिएकाे छ।

हेर्नुहाेस विज्ञप्ती:

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्