कसरी सुधार गर्ने लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थालाई ?

Premal khanal
  • 38
    Shares
लोकपाटी न्यूज

– प्रेमलकुमार खनाल

१. मन्त्रिपरिषद्मा हरेक मन्त्रीले आफ्नो राय राख्न पाउने र राय राखेका आधारमा निर्णयहुने र यस्तो निर्णय प्रति सबै मन्त्रीहरु जवाफदेही हुने परिपाटी बसाल्ने

२. देशलाई दुरगामी असर पार्ने राष्ट्रिय महत्त्वका विषयमा निर्णय गर्नु पूर्व राष्ट्रपतिबाट सम्बन्धित सबै सरोकारवालासंग पनि राय ,परामर्श लिने

३. संसदको सर्वोच्चतालाई नयाँ उच्चाईबाट स्थापित गर्न संसदको अधिवेशन आबहृान र अन्त्य गर्न सभामुखको शिफारिस हुनुपर्ने र संसद जनसरोकारका विषयमा सरकार र संसद दुबैले बिजिनेस दिने अंग हो भन्ने विषयलाई स्थापित गर्ने

४. अदालतबाट छिटो छरितो ,निष्पक्ष न्याय सम्पादन गर्न मुद्दाको इजलास- बेन्च- पेशी तोक्न सामुहिक निर्णयबाट गर्ने परिपाटी बसाल्ने

५. संबैधानिक अंगहरुलाई राजनीति र कर्मचारीतन्त्रको प्रभावबाट मुक्त गर्न राजनीतिक व्यक्ति र कर्मचारीतन्त्रको मातहत रहेर ,पेन्सन पट्टा लिएका बाहेक प्राज्ञिक एवं बौद्धिक ब्यक्तिलाई खुल्ला प्रतिस्पर्धा बाट नियुक्ति गर्ने

६. मन्त्री हुन सांसद अनिवार्य हुने व्यवस्थाको विकल्पमा मन्त्रीपरिषदमा विषय विज्ञ व्यक्ति मन्त्री हुने व्यवस्था गर्ने

७. दलहरूले प्राप्त गरेको मतका आधारमा state funding  गर्ने र निर्वाचनमा उम्मेदवारले चन्दा उठाएर निर्वाचन लडने विषयलाई दण्डित गर्ने

८. दुई पटक भन्दा बढी मन्त्री हुन नपाउने व्यवस्था गर्ने

९. गरीबीको मापदण्डअनुसार समावेशी , समानुपातिक प्रतिनिधित्वको प्रणालीलाई सुनिश्चित गर्ने

१०. एक पटक निर्वाचनमा पराजित भएको व्यक्ति पांच वर्षको पदावधि भर पुनः सांसद – जनप्रतिनिधि हुन नपाउने व्यवस्था सुनिश्चित गर्ने

११. सांसदहरूलाई विकास योजना छनौटको व्यवस्थापक होइन,विधायकको अलावा विकास योजना निर्माणको अनुगमन कर्ताको रुपमा स्थापित गर्ने