सिंगटी हाइड्रोकाेआईपीआको बाँडफाँट शुक्रवार गर्ने तयारी

  • 5
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको आईपीआको शुक्रवार बाँडफाँट गर्ने तयारी गरेको छ। केहि प्राविधिक समस्या नआएमा बुधवार प्रि-अलोटमेण्ट गरी शुक्रवार बाँडफाँट गर्ने तयारी गरेको विक्री प्रवन्धक मेगा क्यापिटलले बताएको छ। कम्पनीले चैत ६ गतेदेखि १० गतेसम्म २९ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो। जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि र १ लाख ४५ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी रहेको २६ लाख ९७ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो।

कम्पनीले निष्कासन गरेको आईपीओमा १६ लाख २४ हजार ४८३ जना आवदेकबाट २ करोड ४५ लाख१६ हजार ६०० कित्ताको लागि आवेदन परेको छ। यो आवेदन मागभन्दा ९ दशमलव शून्य ९ गुणा बढी हो। कम्पनीले गत फागुन १७ गते आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दका लागि निष्कासन गरेको १४ लाख ५० हजार कित्ता साधारण शेयरको बाँडफाँट गरिसकेको छ। सर्वसाधारणलाई आईपीओ निष्कासन गरेपछि कम्पनीको पूँजी  १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।