तीन कम्पनीकाे सेयर मूल्यमा उच्च गिरावट

share-down
  • 4
    Shares
लोकपाटी न्यूज

काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलवार साल्ट ट्रेडिङसहित तीन ओटा कम्पनीको शेयर मूल्यमा उच्च गिरावट आएको छ। यो समाचार तयार पार्दासम्ममा सबैभन्दा बढी साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको छ।

त्यसैगरी सोही अवधिसम्ममा अजोड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ दशमलव ९५ प्रतिशत र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ दशमलव ७८ प्रतिशतका दरले घटेको छ। साल्ट ट्रेडिङ कर्पोरेशनको हकमा कम्पनीले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसदिन लगानीकर्ताले अपेक्षा अनुरुपको लाभांश नआएका कारण किन्नेभन्दा बेच्ने धेरै भएकाले उच्च गिरावट आएको हाे।

त्यसैगरी अजोड इन्स्योरेन्स कम्पनीले एक साता अगाडि ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको थियो। भित्री कारोबार भएको भन्दै धितोपत्र बोर्डले छानविन समिति गठन गरेको र हकप्रद शेयरका सम्वन्धमा बीमा समितिसमेत ध्यानाकर्षण भएको बताएपछि उक्त कम्पनीको शेयर मूल्य घट्न पुगेको हो।