कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

Mahendra shahi
  • 84
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनै मन्त्रीहरुले राजीनामा दिएका छन्। मन्त्री दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढाले राजीनामा दिएका हुन्। राजीनामा दिने तीनै मन्त्री एमालेको नेपाल–खनाल पक्षका रहेका छन्।

यसअघि नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर यी तीन मन्त्रीहरु सरकारबाट बाहिरिएका थिएनन्। त्यसपछि एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले तीन दिनभित्र राजिनामा दिन निर्देशन दिएका थिए।

कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार छ। कर्णाली प्रदेशको सरकार गठनमा माओवादीलाई एमालेले साथ दिएको थियो। यी दुईवटा पार्टी पछि एकीकरण भएपनि सर्वोच्च अदालतको फैसलापछि पुरानै अवस्थामा फर्किएका छन्। एमालेका मन्त्रीहरुले राजीनामा दिएसँगै महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार अल्पमतमा परेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्