एजेन्सी। कोरोना बढेपछि भारतको नयाँ दिल्लीमा अप्रिल ३० सम्म रात्रिकालीन कर्फ्युको घोषणा भएको छ। मंगलबारदेखि लागू हुने गरी दिल्ली सरकारले रात्रिकालिन कर्फ्यू जारी गर्ने घोषणा गरेको हो।
राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालिन कर्फ्यू जारी गरेको एनडिटिभीले जनाएको छ। कर्फ्यू अप्रिल ३० सम्म जारी रहनेछ।
मुख्यमन्त्री अरविन्द केजरीवालले गत शुक्रबार कोरोनाको चौंथो लहरबाट जाँदै गरेको तर लकडाउन गर्ने सोच नबनाएको बताएका थिए। सोमबारमात्रै दिल्लीमा थप ३ हजार ५ सय ४८ कोरोना संक्रमित थपिएका थिए भने १५ जनाको मृत्यु भएको थियो।