प्रभु बैंकको स्वतन्त्र सञ्चालकमा लिला प्रकाश सिटौला नियुक्त

  • 6
    Shares
लोकपाटी न्यूज

प्रभु बैंकको स्वतन्त्र संचालकमा लिला प्रकाश सिटौला नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र संचालक नियुक्त गरेको हो। प्रभु बैंकको अध्यक्ष पदबाट देवीप्रकाश भट्चन बाहिरिएपछि अध्यक्ष पद खाली थियो । अब बस्ने संचालक समितिको बैठकले सिटौलालाई अध्यक्ष पदमा नियुक्त गर्ने बैंक स्रोतले जानकारी दियो।

उनी २०७१ मंसिर देखि २०७५ मंसिरसम्म कृषि विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत थिए। कृषि विकास बैंकलाई डिजिटल प्रणालीमा लैजान सिटौलाको मुख्य भूमिका सीइओको रुपमा खेलेका थिए। नेपाल राष्ट्र बैंकमा उनले करिब २५ वर्ष काम गरेका छन्। उनले कार्यकारी निर्देशकबाट अवकास पाएका हुन्।

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएपछि सिटौला कृषि विकास बैंकको सीइओमा नियुक्त भएका थिए। त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका सिटौलासँग राष्ट्र बैंकको पहलमा खोलिएको पूर्वान्चल ग्रामिण विकास बैंकको सीइओको रुपमा काम गरेको अनुभव छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्