दिपाश्री निरौलाकाे फेसबुक एकाउन्ट ह्याक गर्ने १४ बर्षीय किशाेर पक्राउ

  • 486
    Shares
लोकपाटी न्यूज

काठमाडौं। फेसबुक आइडी ह्याक गरी रकम माग गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

अभिनेत्री दिपाश्री निरौलासहितका कलाकारहरूले प्रयोग गर्दै आएको सामाजिक संजालमा अनाधिकृत पहुँच पुर्याई फेसबुक एकाउन्ट ह्याक गरी उक्त एकाउन्टमा जोडिएका साथीहरूसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा विद्युतीय ऐन २०६३ अनुसार अदालतबाट २ दिनको म्याद थपेर थप अनुसन्धान भईरहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्