लोक सेवाले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

Loksewa__BO8NwYZFSI
  • 1.9K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। लोक सेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी(प्राविधिक) खरिदार वा सो सरहका पदको विज्ञापन आह्वान गरेको छ। आयोगले आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्नका लागि वार्षिक कार्य तालिका अनुसार नै विज्ञापन आह्वान गरेको हो।

आयोगले द्वितीय श्रेणीमा प्राविधिक तथा स्वास्थ्य सेवाका चौथो तहका अप्राविधिकमा ठुलो संख्यामा आवेदन माग गरेको हो। आयोगले सूचना जारी गरी विभिन्न पदमा साढे ४०० भन्दा बढी पदमा आवेदन माग गरेको छ। आयोगले सूचना जारी गरी आफ्ना विभिन्न कार्यालय मातहतका जिल्लामा चाहिने कर्मचारीहरूका लागि आवेदन माग गरेको हो।

आयोगका कार्यालयहरू इलाम‚ धनकुटा, खोटाङ, जलेश्वर, काठमाडौं, हेटौंडा, पोखरा, बागलुङ, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दीपायल र महेन्द्रनगरले उक्त पदको माग गरेको हो। उक्त विभिन्न पदमा अनलाइनमार्फत पनि आवेदन दिन सकिने जनाइएको छ। आवेदनका लागि http://psconline.psc.gov.np/ मार्फत आवेदन दिन सकिने छ। आवेदन दिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका हुनु पर्नेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्