९ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन

  • 41
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। देशभर कोभिड- १९ सङ्क्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार विभिन्न १० बुँदे निर्देशन समेटिएको विज्ञप्ति जारी गर्दै राति ९ बजेपछि रात्रिकालीन व्यवसाय, रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको छ। मन्त्रालयले ठूला शहरहरूमा एक हजार र साना सहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ।

घरबाहिर जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन समेत दिइएको छ। काठमाडौं, पोखरा लगायत ठूला शहरहरूमा विद्यालय जाने उमेर समूहमा संक्रमणदर बढेकाले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर सङ्क्रमणको उच्च सतर्कता अपनाउन भनिएको छ। मानिसको भिड हुने स्थानहरूमा अति कडाइको साथ स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

विदेशबाट आउने विभिन्न टोली वा भ्रमण दलका सदस्यहरुको संख्या तथा क्वारेन्टिनका नियममा पनि कडाइ गर्न मन्त्रालयको आग्रह छ। मन्त्रालयले काठमाडौं, पोखरालगायत ठूला शहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि कोरोना संक्रमण बढ्दो रहेकाले शैक्षिक संस्थाहरुमा पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्