राष्ट्रिय सूचना प्रविधि केन्द्रले माग्याे विभिन्न पदमा कर्मचारी

  • 257
    Shares
लोकपाटी न्यूज

काठमाडाैं। राष्ट्रिय सूचना प्रविधि केन्द्रले १३ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। बिहीबार सूचना प्रकाशित गर्दै केन्द्रले सात दिनभित्र इच्छुक व्यक्तिले दरखास्त आवेदन दिन आग्रह गरेको छ।

केन्द्रले सूचना प्रविधि निर्देशक, कम्प्युटर इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर, सिस्टम एडमिनिस्ट्रेटर, इलेक्ट्रिकल टेक्निसियन, कम्प्युटर टेक्निसियन र कम्प्युटर अपरेटर पदमा दरखास्त आह्वान गरेको हो। केन्द्रले सूचना प्रवििध निर्देशक एक जना, कम्प्युटर इन्जिनियर चार जना, इलेक्ट्रिकल इन्जिनियर एक जना, सिस्टम एडमिनिस्ट्रेटर दुई जना, इलेक्ट्रिकल टेक्निसियन एक जना र कम्प्युटर अपरेटर दुइ जनाकाे माग गरेकाे छ।

दरखास्त फारम केन्द्रको वेबसाइटबाट डाउनलोड गर्न सकिने केन्द्रले बताएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्