सुनचाँदीकाे मूल्य फेरी बढ्याे, ताेलामा कति पुग्याे ?

  • 58
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक हजारले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा एक हजारले बढेर ८९ हजार रुपैयाँमा कारोबार भएको हो।

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ। यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।