लम्पटहरूको कारण मुलुकको भविष्य खतरामा छ : भीमार्जुन आचार्य

Dr. Bhimarjun Acharya
  • 372
    Shares
लोकपाटी न्यूज

काठमाडौं। संविधानविद भीमार्जुन आचार्यले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। व्यक्तिगत तथा गुटगत स्वार्थका लागि संवैधानिक निकाय नै दायित्त्वबाट च्युत भएको आचार्यको ठहर छ।

गुटगत स्वार्थमा भइरहेको जयजयकारबाट राज्य व्यवस्था नै खतरामा परेको संविधानविद् आचार्यले बिहीबार सामाजिक सञ्जालमार्फत औँल्याए। मुलुकको भविष्यमाथि अत्यन्त खतरनाक संकेत देखिएकोले सबै गम्भीर हुने उनले आग्रह गरे।

‘एउटा व्यक्ति र गुटको सत्ताका लागि शक्ति सन्तुलनका लागि बनाइएका निकाय आफ्नो दायित्त्वबाट च्युत हुँदा समग्र राज्य प्रणाली नै तहसनहस हुने अवस्थामा छ,’ उनले लेखेका छन्, ‘मुलुकको भविष्यका लागि यो अत्यन्त खतरनाक संकेत हो। तर पनि लम्पटहरूको जयजयकार जारी छ। सबैका सन्ततिका लागि देश चाहिन्छ भन्ने हेक्का राखौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्