काठमाडौं। नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति पछिल्लो एक वर्षमा स्थिर देखिएको छ। अमेरिकी म्यागाजिन फोर्ब्सका अनुसार यस वर्ष विनोद चौधरीको सम्पत्तिको कुल मूल्यांकन एक अर्ब ४० करोड डलर छ। अघिल्लो वर्ष पनि त्यही नै थियो। सन् २०१९ मा चौधरीको सम्पत्ति एक अर्ब ७० करोड डलर थियो।
यद्यपि यस वर्ष अर्बपतिको सूचीमा चौधरी ६२८ स्थान तल झरेका छन्। मंगलबार सार्वजनिक गरिएको सूचीअनुसार उनी २१४१ औं स्थानमा छन्। गत वर्ष चौधरी १५१३ औं स्थानमा थिए। फोर्ब्सले उल्लेख गरेअनुसार सीजी कम्पनी ग्लोबलका मालिक चौधरीसँग नबिल बैंक र वाईवाई चाउचाउ उत्पादक सीजी फुड्सको स्वामित्व छ। वाईवाईको कारखाना भारत, सर्बिया र बंगलादेशमा पनि छ भने इजिप्टमा निर्माणको क्रममा छ । चौधरी ग्रुपको १३५ वटा आफ्नै स्वामित्व रहेका तथा व्यवस्थापन गरिएका होटल सम्पत्ति छन्।
गत वर्ष फोर्ब्सको सूचीअनुसार ‘नेट वर्थ’ एक अर्ब डलरभन्दा धेरै हुने अर्बपतिको संख्या दुई हजार ९५ थियो। यस वर्ष अर्बपतिहरुको संख्या बढेर दुई हजार ७५५ पुगेको छ।
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 29
Notice: Undefined variable: aria_req in /home/blogging/lokpati/wp-content/themes/patrik/comments.php on line 34