यी हुन् राष्ट्रिय गौरवका आयोजनामा अपेक्षाकृत राजस्व उठ्न नसक्नुको कारण

dipak pun
  • 11
    Shares
लोकपाटी न्यूज

काठमाडौं। भ्रष्टाचार विरुद्धको साझा मञ्च नेपालका राष्ट्रिय उपाध्यक्ष दीपक पुनले राष्ट्रिय गौरवका विशाल हिमशिखरहरुको नाममा संकलन हुनुपर्ने राजस्व अपेक्षित नभएको भन्दै अध्ययन गरेर विभिन्न निश्कर्ष निकालेका छन्। उपाध्यक्ष पुनले हिमाल आरोहण व्यवसायमा अस्वभाविक र असन्तुलित हुँदै अन्यौल र अनिच्छितताको भुमरीमा सिंगो पर्यटन उद्योग नै जान सक्ने चिन्ताका साथ समस्याको कारण के हो भनेर अध्ययन गरेको बताए।

उनले खोटाङ निवासी व्यवसायिक एनजीमा डेन्डी शेर्पाले वर्षदिन अघिदेखि नै अध्ययन गर्न गरेको आग्रह अनुसार आफूले अध्ययन गरेको उनले बताए। पुनले करिब दुई महिनाको अवधिमा अध्ययन गरेर मुख्य समस्याहरु पत्ता लगाएको बताएका छन्।

यी हुन् मुख्य समस्या

१.हिमाल आरोहण सम्बन्धि जिम्मा लिएको पर्यटन विभागले राजस्व चुहावट रोक्न पहल नगरेको। जस्तो एउटा आरोहण दलमा पचास प्रतिशत अनुमति बिना नै आरोहणमा जान दिएको तथ्य रहेका छन्।

२.अनुमति नलिएका व्यक्तिलाई पनि पर्यटन बिभागमार्फत् सफल आरोहण गरेको भनि प्रमाणपत्र उपलब्ध गराउने गरेको तथ्य पाइयो।

३.राजस्व र प्रमाणपत्र छानबिन र कारबाहीका लागि उजुरी परेका बिषयमा पर्यटन बिभागका जिम्मेवार कर्मचारीले सम्वन्धित कम्पनी र आरोपितलाई सूचना दिने र प्रमाण मेटाउने एवं आरोहण महाशाखा प्रमुखले फाइलहरु कब्जामा लिई दुरुपयोग गर्ने गरेको तथ्य।

४.कारबाही हुँदा मोलमोलाइ कम मुल्यमा कारबाही बिक्री गर्ने गरेको प्रमाणपत्र खारेज र राजस्व चुहावट मुद्दाका फैसला अध्ययन र पटके प्रवृत्ति निरन्तरताको श्रृङखलाबाट बुझिन आयो।

५.बिबिध र जटिल दूरगामी असर पर्ने बिषयमा अध्ययनकर्ता जो कोहीले गर्न सक्ने राम्रो आधार बनेको छ।

समाधान र सुझाव

मुलतः पर्यटन उद्योगलाई अझै कमजोर गर्न आरोपितहरुको प्रतिनिधिका रुपमा कार्य गर्ने एक निर्देशकसहित तीन जना कर्मचारी धेरै वर्ष पहिलेदेखी योजनाबद्ध रुपमा पर्यटन बिभागमा रहेकोले अनुसन्धान र कारबाही प्रभावित हुने प्रथम दृष्टि मै स्पष्ट छ।

तथापि ती कर्मचारीलाई पदिय दुरुपयोग र अस्वभाविक सम्पत्ति आर्जन गरेको र भाबी दिनमा पनि पद बढुवा सरुवामा प्रभावित गरी निष्ठावान् अन्य राष्ट्रसेवक कर्मचारीलाई ओझेलमा पार्न सक्ने खतरापूर्ण स्थिति भएकोले इमानदार कर्मचारीहरुलाई सचेत गराउन सन्वन्धित निकायमा सुचित गर्न जरुरी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्