पर्वतमा आगलागी : ५ घर र १५ गोठ जलेर नष्ट

Capture
  • 17
    Shares
लोकपाटी न्यूज

पर्वत। दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा आगलागी हुँदा ५ घर र १५ गोठ जलेर पूर्णरुपमा क्षति भएको छ। डाँडाकाहुँको भिरमा रहेको जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन्।

आगलागीबाट स्थानीय शेरप्रसाद गौतम, रेशमलाल गौतम, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, जयकला सापकोटाको घर जलेर नष्ट भएका छन् भने खड्काप्रसाद गौतम, एकनारयण गौतम, चोलाकान्त सापकोटा, छबिलाल गौतम, उमेश गौतमको घरमा आंशिक क्षति पुगेको जनाइएको छ।

त्यसैगरी स्थानीयका १५ वटा गोठ जलेर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए।

आगालागीबाट पूर्णरुपमा क्षति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए।

त्यसैगरी अन्य सामान्य क्षति पुगेकाहरुालई टेण्ट, र त्रिपाल वितरण गरिएको छ। आगलागीबाट मानविय क्षति नभएपनि केही पशुचौपाया मरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्