नियोजित अनुगमन बन्द गर्न उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाकाे आग्रह

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले नियोजित अनुगमन बन्द गर्नुपर्ने बताएका छन्। महासंघको ५५ औं वार्षिक साधारण सभामा बोल्दै गोल्छाले सरकारले यस्तो कार्य गर्न बन्द गर्नुपर्ने बताएका हुन्। सरकारले निजी क्षेत्रलाई सम्मानको दृष्टिले हेर्नुपर्ने उनको भनाइ छ। ‘सरकारले व्यवसायीलाई नियोजित अनुगमन गर्नु हुँदैन। यसले सकारात्मक सन्देश दिदैन,’ उनले भने।

यस्तै सरकारले सुरु गरेको भेइकल्स कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) लागु गर्दा व्यवसायीलाई असहज बनाएकाले यसलाई पुनर्विचार गर्नुपर्ने तर्क उनले गरे।

त्यस्तै अध्यक्ष  गोल्छाले व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदानपग्ने भन्दै यसमा सुधारको आवश्यकता भएको बताए । महासंघको ५५औं वार्षिक साधारण सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संबोधन गर्दै गोल्छाले अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्यामा पारेको भन्दै आफूहरु संवेदनशिल भएको बताए ।

महासंघले साधारणसभाको अवसरमा भिजन पेपर समेत सार्वजनिक गरेको छ। सन् २०३० सम्म १०० खर्बको अर्थतन्त्र बनाउने योजना पेपरले समेटेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्