शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी

aago pic
  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडौं। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ। बिहान ११ बजेदेखि बूढानीलकण्ठ नजिकैबाट लागेको आगो अहिले धेरै ठाउँमा फैलिइसकेको छ।

आगो नियन्त्रणका लागि निकुञ्जको सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन्। सेना, प्रहरीका दमकल पनि डढेलो लागिरहेको ठाउँमा पुगेका छन्। आगो के कारणले लागेको हो भन्नेबारे थाहा भइसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्