एमाले प्रदेश २ को संसदीय दलमा दुई नेता, आधिकारिक नेता को ?

uml
  • 241
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले प्रदेश २ को संसदीय दलको नेतामा शत्रुध्न महतोलाई चयन गरेको छ। आइतबार प्रदेशसभा परिसरस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले महतोलाई दलको नेता चयन गरेको हो।

यसअघि संसदीय दलका नेता रहेका अध्यक्ष केपी ओली पक्षीय सत्यनारायण मण्डललाई हटाएर माधव नेपाल पक्षीय महतो दलको नेता चयन भएका हुन्। संस्थापन पक्षनिकट मण्डल एमाले प्रदेश २ का इञ्चार्जसमेत छन्।

यसैगरी बैठकले दलको उपनेता रवीन्द्र बैठा, प्रमुख सचेतक सुन्दर विश्वकर्मा र बेची लुङुगेलीलाई सचेतक चयन गरेको छ। एमालेका २१ सांसदमध्ये १३ जनाको सहमतिमा यस्तो निर्णय गरिएको दलका नेता चयन भएका महतोले जानकारी दिए।

‘२१ सांसदमध्ये १३ जनाले निर्णयमा हस्ताक्षर गर्नुभएको छ,’ महतोले भने, ‘हामीले निर्णय सभामुखलाई बुझाइसकेका छौं। उहाँले रूजुपनि गरिसक्नु भएको छ।’ प्रदेश २ मा माओवादीबाट निर्वाचित ४ जना प्रदेशसभा सदस्य पछिल्लो समय एमालेको ओली समूहतिर लागेका छन्।

ओलीतिर लागेका रामचन्द्र मण्डल, ज्वालाकुमारी साह, कुन्दन साह र मो.समीर अन्सारीलाई माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ। स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिए चारै जनालाई पार्टीबाट निष्कासन गर्ने तयारी माओवादी केन्द्रले गरेको छ।

पछिल्लो समय तत्कालीन नेकपाभित्र विवाद चुलिएको बेला मण्डललाई हटाएर महतोलाई नै संसदीय दलको नेता बनाइएको थियो। प्रदेश २ को प्रदेशसभाको पाँचौं अधिवेशन सोमबारदेखि सुरू हुँदैछ।