हरिद्वार पुगेर पूर्वराजाले गरे सनातनीय संस्कारमा ह्रास आएकाेमा चिन्ता

  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले हरिद्वारमा आयोजित कुम्भमेलामा सम्बोधन गर्दै बाह्य प्रभावले पूर्वीय दर्शन र धर्म-संस्कृतिमा ह्रास आउँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। हजारौं वर्ष अघिदेखिको हाम्रो सभ्यता, धर्म परम्परा तथा सनातनिक संस्कृति विश्वमै वेजोड रहेको उनले बताए।

शाहले सम्बोधनमा भने, ‘हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पूराण आदि अनेकौं ग्रन्थशास्त्रसबै नै महत्वपुर्ण छन्। तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्दति, आचरण र अनूशिलन आफैमा गहन छन्।

पूर्वराजाले नेपालका महाकवी लक्ष्मीप्रसाद देवकोटाको निबन्ध ‘के नेपाल सानो छ’ लाई पनि उद्दरण गरेका थिए। उक्त निवन्ध आफूले पढेको र त्यसमा चिन्ताका साथ आर्य सभ्यताको महत्व खिईँदै गएको उल्लेख गरिएको शाहले जनाएका छन्।

‘हो, कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केहि समयदेखि हाम्रो पुर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो,’ उनले भने।