खनाल-नेपाल समूहले शत्रुध्न महतोलाई बनायाे प्रदेश २ को संसदीय दलको नेता

Nepal_Khanal
  • 628
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल समूहले शत्रुध्न महतोलाई प्रदेश २ को संसदीय दलको नेता बनाएको छ। उक्त समूहले आइतबार सत्यनारायण मण्डललाई हटाएर महतोलाई दलको नेता बनाएको हो। खनाल-नेपाल समूहले रविन्द्र बैठालाई उपनेता र वेची लुंगेलीलाई सचेतक बनाएको छ।

सभामुखलाई आज नै पत्र बुझाएको र सनाखत पनि भइसकेको महतोले जानकारी दिए। सोमबार प्रदेश सभा बैठक बस्दैछ । प्रदेश २ का एमालेका २१ सांसदमध्ये १३ जना खनाल-नेपाल पक्षमा छन्। तत्कालीन नेकपाले महतोलाई दलको नेता बनाएको थियो। तर, नेकपामा विवाद हुँदा प्रचण्ड-नेपाल समूहले मण्डललाई हटाएर महतोलाई दलको नेता बनाएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्