शिवपुरीकाे आगलागी नियन्त्रणमा

  • 213
    Shares
लोकपाटी न्यूज

काठमाडौं। शिवपुरी जंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ। आज बिहान डढेलो लागेपछि हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो।

हेलिकप्टरमा मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग गरिएको प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले  जानकारी दिए । उनका अनुसार हेलिकप्टरबाट २५ पटक पानी ओसारीएको थियो।

उनका अनुसार यस अघि स्थानीय तह र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि खटाइएका थिए ।हेलिकप्टरबाट पानी फालेर आगो निभाउने प्रयास नेपालमा सम्भवत पहिलो पटक गरिएको हो।