घरभित्रको पानी ट्याङ्कीमा डुबेर एक बालिकाको मृत्यु

Death pic
सांकेतिक चिन्ह
  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। काठमाडौंको पेप्सिकोलामा ५ वर्षीय बालिकाको पानीको ड्याङकीमा डुबेर मृत्यु भएको छ। आइतबार काठमाडौं महानगरपालिका–३२ पेप्सिकोलास्थित नवनिर्मित घरको भुईँ तल्लामा रहेको पानी ट्याङ्कीमा डुबेर मृत्यु भएको हो।

दाङ देउखुरी गाउँपालिका–३ घर भएका राजेश चौधरीकी ५ वर्षीया छोरी रोशिका चौधरीको आइतबार दिउँसो पानीको ट्याङ्कीमा डुबेकी थिइन। ट्याङ्की नजिकै खेल्ने क्रममा डुबेर घाइते भएकी बालिकाको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्