तीन कम्पनीकाे साधारणसभा मंगलवार हुदै

  • 29
    Shares
लोकपाटी न्यूज

काठमाडौं। मंगलवार तीन कम्पनीको साधारण सभा हुँदैछ। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन्।

उन्नति सहकार्य लघुवित्तले होटल पौवा रुपन्देहीमा बिहान १०:३० बजे साधारण सभा बोलाएको हो। साभाले १७ दशमलव ८१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। चैत १७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन्।

त्यसैगरी, आरम्भ चौतारी लघुवित्तले पञ्चकन्या बैंक्वेट काभे्रपलाञ्चोकमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ। सभाले ८ दशमलव ८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यस कम्पनीको लाभांश चैत १७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन्।

सूर्योदय लघुवित्तले सहयात्री पार्टी ब्यालेस स्याङ्जामा बिहान ८ बजे गर्ने जानकारी गराएको छ। सभाले १५ दशमलव ३४५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८०७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। चैत १८ गत सम्म कायम शेयरधनीले लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्