नेपाल बैंक लिमिटेडले ओखलदुंगामा सुरु गर्‍याे क्युआर कोड वितरण

  • 25
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल बैंक लिमिटेडले ओखलदुंगामा क्युआर कोड सेवा वितरण संचालन गरेको छ। बैंकले नेपाल राष्ट्र बैंकको अभियानको रुपमा रहेको आधुनिक सेवा क्युआर कोड विस्तारमा साथ दिँदै ओखलढुगांको शाखाबाट क्युआर कोड वितरण सुरु गरेको जनाएको छ।

बैंकको अनुसार विना नगद आफ्नो मोवाईल बैंकिङ एप्स मार्फत क्युआर स्क्यान गरी सिँधै खातामा रकम भुक्तानी गर्न सकिन्छ। प्रविधिको तिब्र विकास र परिवर्तन सँगसँगैं बैंकिङ क्षेत्रले पनि आफुलाई निरन्तर अपडेट गर्दै डिजिटलाइजेसनमा विशेष जोड दिँदै आएका छन् भने बढ्दो वित्तिय साक्षरताले यसलाई अझथप टेवा पु¥याएको नेपाल बैंक लिमिटेडले जनाएको छ।