गणपति लघुवित्त वित्तीय संस्थाकाे सीईओमा किरण विष्ट

  • 17
    Shares
लोकपाटी न्यूज

काठमाडौं। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा किरण विष्टलाई नियुक्त गरेको छ। कम्पनीको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले २०७८ वैशाख २ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि विष्टलाई नियुक्त गरेको हो।

साथै, यसभन्दा पहिलाका सीईओ अच्युत राज सापकोटाले दिएको राजिनामा वैशाख १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको समेत कम्पनीले जानकारी दिएको छ।