किङ्गस् लाउञ्जमा सिटिजन्स बैंकका कार्ड बाहकहरुलाई विशेष छुट

  • 15
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित किङ्गस् लाउञ्ज बीच सिटिजन्स बैंकका कार्ड बाहकहरुलाई विशेष छुट दिने समझदारी भएको छ। किङ्गस् लाउञ्जसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाएको छ। साथै बैकले हालै डलर कार्डको सुरुवात पनि गरेको छ।

जसअन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैैंकको खातामा रहेको नेपाली रूपैयाँलाई सटही गरी बार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न सक्नेछन्। यसरी लोड गरिएको रकम बिदेशी मुद्रामा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सकिने बैंकले जनाएको छ।