ओलीले डाके दसौं महाधिवेशन आयोजक कमिटीको बैठक

uml_office
  • 713
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक वैशाखमा बस्ने भएको छ। वैशाख ६ गतेलाई बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। उनका अनुसार बैठकमा सांगठनिक र समसामयिक विषयमा छलफल हुने छ।

चैत ७ गते बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको थियो।

सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि एमालेका तीनवटा केन्द्रीय कमिटीका बैठक बसेका थिए। तर, तीनवटै बैठक माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको थियो। सोही बैठकले नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर पनि उनीहरुलाई ६ महिनासम्मका लागि निलम्बन समेत गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्