आफ्नै टीएमएस प्रणाली सञ्चालनमा ल्याउने तयारीमा धितोपत्र दलाल व्यवसायी

  • 63
    Shares
लोकपाटी न्यूज

काठमाडौं। धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालनमा ल्याउने भएका छन्। उनीहरूले आउँदो साउन १ गतेबाट (टीएमएस) सञ्चालनमा ल्याउन लागेका हुन्। ब्रोकर एसोसियनले ब्रोकरहरुको संयुक्त पहलमा सेयर कारोबारको लागि नयाँ टिएमएस ल्याउनेदेखि सेयर खरिदबिक्रिको रकम भुक्तानीको लागि नयाँ प्रणाली विकास भइरहेको जनाएको छ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक विज्ञप्ति जारी गर्दै धितोपत्र कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्यहोर्नु पर्ने दुःख अन्त्य गर्न ब्रोकरहरुको संयुक्त पहलमा १० भन्दा बढी देशहरूमा प्रयोग भइरहेको टीएमएस सञ्चालनमा ल्याउने सम्झौता भएको जनाएको छ। लगानीकर्ताहरूले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाब तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने  ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्