नेपाल समूहको राजनीतिक प्रस्ताव तयार, ओलीमाथि गुटबन्दीको आरोप (पूर्णपाठसहित)

Prachanda_Nepal_Nekapa
  • 923
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको असन्तुष्ट पक्षले आफ्नो तर्फबाट छुट्टै राजनीतिक प्रस्ताव तयार पारेको छ। चैत्र ४ र ५ गते सम्पन्न आफ्नो राष्ट्रिय कार्यकर्ता भेलामा केन्द्रीय कमिटीका तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपालद्वारा प्रस्तुत तथा भेलाबाट पारित राजनीतिक प्रस्ताव तयार पारेको हो।

प्रस्तावमा ओलीले पार्टी र आन्दोलनलाई विभाजन र विघटनको दिशातर्फ धकेल्दै लगेको गम्भीर अवस्थाबारे उल्लेख गरिएको छ। पार्टीमा विकसित अवस्थालाई यो पक्षले असाधारण परिस्थितिको रुपमा व्याख्या गरेको छ। एमालेको खनाल-नेपाल समूहले पाटी अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनको नाममा देशभर गुटबन्दी विस्तार गरेको आरोप लगाएको छ।

ओलीले आफू र आफनो गुटलाई मदन भण्डारी र जनताको बहुदलीय जनवादको उत्तराधिकारीका रुपमा प्रचार गरेको यो समूहको ठहर छ। ओलीको व्यक्तिकेन्द्रित अवसरवादी र चरम गुटबन्दीपूर्ण कार्यशैलीले पार्टीलाई समस्याग्रस्त बनाएको उनीहरुको निष्कर्ष छ। खनाल-नेपाल समूहले अब यो दस्तावेजलाई तल्लो तहसम्मै वितरण गर्ने जनाएको छ।

हेर्नुस् दस्तावेजको पूर्णपाठ:

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab