‘गल्ती महशूस गरेर आउनुस्, बिना भेदभाव काम गर्न दिन्छु : ओली

kp-sharma-oli
  • 194
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो राजीनामा मागेकोमा आपत्ति जनाएका छन्। काठमाडौंमा गरिएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई माओवादीको समर्थन नचाहिने भन्दै फिर्ता लैजान चुनौति दिएका हुन्।

ओलीले भने, ‘समर्थन फिर्ता लैजाउ। किन समर्थन गरिहेको ? बहुमतको सरकारले किन राजिनामा दिने । चाहिएको छैन तिम्रो समर्थन। फिर्ता लैजाउ।’ ओलीले माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाए। ओलीले माधव नेपालले अब कहिँबाट चुनाव जित्न नसक्ने ठोकुवा गरे।

आत्मालोचना गरेर आउन आग्रह गर्दै उनले भने, ‘गल्ती महशूस गरेर आउनुस्। बिना भेदभाव काम गर्न दिन्छु । तर गूटबन्दी हुँदैन चल्दैन। समूहगत रुपमा कुरा गरिन्न। व्यक्तिगत रुपमा व्यवहार गरिन्छ। माधव नेपालजी पार्टीमा आएर काम गर्छु भन्नु हुन्छ भने काम गर्नुस्। तर आत्मालोचना गरेर मात्रै।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्