८.६ प्रतिशतले बढ्याे रेमिट्यान्स, यस्तो छ फागुन महिनासम्मका अन्य आर्थिक सूचकाङ्क ?

Nepal rastra bank
  • 36
    Shares
लोकपाटी न्यूज

काठमाडौं। चालु आवको फागुन महिनासम्ममा रेमिट्यान्स ८.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएकाे छ। राष्ट्र बैंकले जारी गरेकाे सुचाङ्क अनुसार विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ६४२ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.५ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.२ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५.२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर ७.२ प्रतिशतले वृद्धि भई रु.७१८ अर्ब ७० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.० प्रतिशतले बढेको थियो।

बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वार्षिक विन्दुगत उपभोक्तातर्फको मूल्यवृद्धि (मुद्रास्फिति) ३.०२ प्रतिशत पुगेको छ। त्यसैगरी आयात २.१ प्रतिशतले र निर्यात ७.८ प्रतिशतले बढेको जनाएको छ। सोही अवधिमा थोकतर्फको मूल्यवृद्धि ६.३० प्रतिशत रहेको देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही महिनामा उपभोक्ता मुद्रास्फिति ६.५७ प्रतिशत र थोक मुद्रास्फिति ६.७० प्रतिशत रहेको थियो।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशत र निजी क्षेत्रमाथिको दावी १७.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.९ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १८.९ प्रतिशत छ।

हेर्नुहोस् राष्ट्र बैंकले जारी गरेको विवरण:-

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्