यस्ताे छ याे बर्षकाे अन्तिम दिनकाे सुनचाँदीकाे भाउ

  • 48
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। यस वर्षकै अन्तिम दिन नेपालमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। मंगलवार छापावाल सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार, मंगलवार तेजाबी सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्