नयाँ वर्षमा प्रधानमन्त्री ओलीको सम्बोधन

kp_oli
  • 258
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्। पछिल्लो राजनीतिक, आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने तयारी गरेको बुझिएको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट बिहान ८ बजे देशवासीलाई सम्बोधन गर्ने तय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए। ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्दै हुनुहुन्छ,’ उनले भने।

जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउने कार्यक्रम छ। देशको पछिल्लो राजनीतिक अवस्था र आफू तथा आफू नेतृत्वको सरकारलाई असफल पार्न पार्टीभित्रबाट के कस्ता असहयोग भए भन्नेबारे पनि जनतालाई प्रस्ट पार्ने एक मन्त्रीले बताए।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सम्बोधन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले समानान्तर गतिविधिलाई तिब्रता दिएका बेला आउन लागेको हो। ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै नैतिकताका आधारमा राजीनामा दिनपुर्ने माग उठिरहेका भए पनि ओलीले राजीनामा दिने पक्षमा देखिँदैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्