ईसेवाले एकैपटक माग्याे २ सय ६५ कर्मचारी, घरमै बसेर काम गर्न सकिने

  • 114
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। ईसेवाले एक साथ २६५ कर्मचारी माग गरेको छ। बजार प्रतिनिधिको रुपमा काम गर्नको लागि कम्पनीले एकसाथ यति धेरै जनशक्ति माग गरेको हो।

कम्पनीले देशका विभिन्न १७ शहरको लागि कर्मचारी माग गरेको छ। जसमध्ये कम्पनीले काठमाडौँमा ५० जना, चितवनमा २० जना, धनगढीमा २० जना, हेटौडामा १०जना, राजविराजमा १० जना, बिर्तामोडमा १० जना, पोखरामा २० जना, बिराटनगरमा २० जना, दमकमा १० जना, बाग्लुंगमा ५ जना, दाङमा १० जना, बिरगंजमा १० जना, बुटवलमा २० जना, नेपालगंजमा २० जना, धरानमा १० जना, लहानमा १० जना र सुर्खेतमा १० जना माग गरेको छ।

कम्पनीले एसईई वा एसएलसी उतिर्णले यसमा आवेदन दिन सक्ने बताएकाे छ। कम्पनीले इच्छुक, याेग्यता पुगेका आवेदकलाई १० दिन भित्र आफ्नो बायोडाटा (सिभी ) मेल गर्नको लागि आग्रह गरेको छ।

कम्पनीले आकर्षक पारिश्रमिककाे साथै आफ्नाे अनुकुलता अनुसार घरमा बसेर काम गर्न सक्ने सुचनामा उल्लेख गरेकाे छ।

हेर्नुहाेस इसेवाकाे विज्ञापन:-

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्